बिचौलिया दीपक र व्यापारी सुलभलाई थुनामा पठाउन आदेश, गाडी र मोबाइल कब्जा
काठमाडौं । विशेष अदालत, काठमाडौंले व्यवसायी सुलभ अग्रवाल र बिचौलिया दीपक भट्टलाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार विशेष अदालत, काठमाडौंका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अग्रवाल र भट्टलाई थुनामा पठाउन आदेश दिएको हो । थुनछेक बहस सकिएसँगै उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो । अग्रवाल र भट्टले सम्पत्ति शुद्धीकरणको आरोप खेपेका छन् ।
आदेशमा भनिएको छ, ‘तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दा पुर्पक्षको लागि यी प्रतिवादीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (१) बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।’
‘प्रतिवादी सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारको लागि उचित व्यवस्था गर्नु भनी सम्बन्धित कारागार कार्यालयलाई लेखी पठाउनु,’ आदेशमा उल्लेख छ ।
‘साथै, देहायको कार्य सम्पन्न गरी मुद्दाको प्रक्रिया अगाडि बढाउनु । (क) आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१–०३३ च १ को गाडी प्रचलित कानून बमोजिम व्यवस्थापनको लागि कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाइदिनु । (ख) दशी स्वरुप पेश भएका मोबाइल समेतका सामानहरू यस अदालतको जिन्सीमा आम्दानी बाँध्नु । (ग) वरामद भई आएका विदेशी विनिमय अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र वैंकमा पठाईदिनु,’ विशेष अदालतको आदेशमा भनिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया