लमही खानेपानी संस्थाका कोषाध्यक्ष कालोसूचीमा, करोडौं रकममा बैंकहरूको शंकास्पद भूमिका
लमही । दाङको लमही खानेपानी तथा सरसफाइ संस्था लमही, रातोडाँडाका कोषाध्यक्ष श्याम भण्डारी कालोसूचीमा परेपछि कार्यालयको आर्थिक कारोबारमा गम्भीर असर परेको छ ।
भण्डारी संस्थाको कोषाध्यक्षमा निर्वाचित भएर आएपछि बैंकिङ कारोबारमा समस्या भएको हो । अचम्मको कुरा के छभने कोषाध्यक्ष भण्डारी कालोसूचीमा रहेको थाहा हुँदाहुँदै पनि केही बैंकले खाता सञ्चालन गर्न दिएका छन् । कानूनअनुसार भण्डारीले खाता सञ्चालन गर्न पाउँदैनन् ।
कोषाध्यक्ष भण्डारीले आफू कालोसूचीमा परेको स्वीकार गरेका छन् । उनले कालोसूचीमा परे पनि केवाईसी पहिला नै भरेका कारण बैंकिङ कारोबार भइरहेको र कुनै समस्या नभएको प्रतिक्रिया दिएका छन् । यदि कोषाध्यक्ष भण्डारीले भनेको कुरा सत्य हो भने कालोसूचीमा परेको व्यक्तिले हस्ताक्षर गरेको चेकलाई बैंकहरूले कसरी मान्यता दिएका छन् ? गम्भीर प्रश्न उठेको छ । भण्डारी कालोसूचीमा हुँदाहुँदै लमही शाखाका बैंकहरूले आर्थिक कारोबार गरेका रहेछन् भने ती बैंकहरूमाथि समेत अनुसन्धान गर्नुपर्ने माग संस्थाका उपभोक्ताहरूले उठाएका छन् ।
संस्थाका सचिव बसन्त आचार्यले कोषाध्यक्ष भण्डारी कालोसूचीमा परेको भए पनि आर्थिक कारोबारमा समस्या नरहेको बताए । आचार्यले भण्डारीमार्फत नै बैंकहरूमा आर्थिक कारोबार भइरहेको बताएका छन् ।
केही बैंकहरूले कालोसूचीमा रहेका कोषाध्यक्ष भण्डारीको हस्ताक्षरको चेकलाई मान्यता दिएर कारोबार गरिरहेका छन् । कुनै बैंकले कारोबार रोकिदिएका छन् । कारोबारमा समस्या भएपछि संस्थाले हस्ताक्षर परिवर्तन गरेर बैंकहरूमा जाम भएर बसेको रकम झिकेर मर्मतसम्भार लगायतमा काम गर्न खोजेको छ । तर, केही बैंकहरूले हस्ताक्षर परिवर्तन गर्न पनि मानिरहेका छैनन् । कार्यसमितिका अर्को व्यक्तिको हस्ताक्षर परिवर्तन गर्न कोषाध्यक्ष भण्डारीले पनि मानेका छैनन् । सोही कारण लमही खानेपानी संस्था गम्भीर संकटमा परेको छ ।
एनएमबी, लमही शाखाका प्रमुख बसन्त न्यौपानेले कालोसूचीमा परेको व्यक्तिले खाताबाट कारोबार गर्न नपाउने बताए । न्यौपानेले बैंकले कालोसूचीमा परेका भण्डारीसँग कुनै कारोबार नगरिएको दाबी गरेका छन् । उनले भने, ‘लमही खानेपानी तथा सरसफाइ संस्था लमहीको पैसा खातामा होल्ड छ ।’
हिमालय बैंक लिमिटेड, लमहीको कर्जा शाखा रविन के.सी.ले कालोसूचीमा रहेको व्यक्तिसँग कुनै पनि आर्थिक कारोबार नहुने बताए । उनले कालोसूचीमा रहेका व्यक्तिका विषयमा नेपाल राष्ट्र बैंकले जानकारी पठाउने हुनाले सोही अनुसार गर्दै आएको बताए । के.सी.ले पनि कालोसूचीमा परेको भनिएका कोषाध्यक्ष भण्डारीसँग कारोबार नगरिएको दाबी गरेका छन् ।
संस्थाले कृषि विकास बैंकमा दुई वटा खाता सञ्चालन गरेको छ । हिमालयन बैंक, कुमारी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड (दुई वटा खाता)मा खाता सञ्चालनमा छन् ।
जिल्ला प्रशासन कार्यालय, दाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) निश्चलराज पाण्डेले कालोसूचीमा परेको व्यक्तिले बैंकिङ कारोबार गर्न नपाउने बताए । सो विषयमा प्रहरीलाई जानकारी गराएको उनले बताए ।
कालोसूचीमा परेका भण्डारीसँग संस्थाको कारोबार गर्ने बैंकहरूलाई छानबिनको दायरमा ल्याएर कारबाही गर्न माग उठेको छ । कालोसूचीमा रहेको व्यक्तिसँग आर्थिक कारोबार भएको रहेछ भने ती बैंकका कर्मचारीहरूलाई पनि कानून बमोजिम कारबाही हुनुपर्ने माग उपभोक्ताहरूको छ ।
संस्थाको कार्यालय प्रमुख कल्पना जि.सी. सम्पर्कमा आउन चाहिनन् । पटक पटक फोनमा सम्पर्क गर्दा समेत उनले फोन उठाइनन् । संस्थाका अध्यक्ष सनम पौडेललाई पनि पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया