रवि–बालेन गुटबीच भाँडभैलो भइरहेका बेला मधेशका सांसदहरूसँग रविद्वारा छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आन्तरिक विवाद र स्वार्थका कारण मधेश प्रदेश अधिवेशनका बारे भाँडभैला भइरहेका बेला मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेको छन् ।

बुधबार सिंहदरवारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

देशका ६ प्रदेश र अधिकांस पालिका तथा वडा तहमा अधिवेशनबाट नयाँ नेतृत्व आइसक्दा पनि मधेश प्रदेशका जिल्लाहरूमा भने विवाद देखिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछाने निकटको गुटहरूबीच विवाद भइ कुटाकुट हुँदा मधेश प्रदेशका जिल्लाहरूमा अधिवेशन गर्न समस्या भइरहेका बेला लामिछानेले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

मधेशमा रास्वपाको पर्सा जिल्ला बाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । यही सन्दर्भमा लामिछानेले मधेशका सांसदहरूसँग छलफल गरेका छन् ।

Published : Wednesday, 2026 June 17, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया