रास्वपाको बागमती अधिवेशनमा रवि निकटका सभापति निर्वाचित, बालेनका उम्मेदवार पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पर्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा झिनो मतको अन्तरबाट उत्सव अर्याल विजयी भएका छन् ।

बागमती प्रदेशस्तरीय अधिवेशनमा निकटम प्रतिस्पर्धी डा.अच्युतम लामिछानेलाई २ मतान्तरले पराजित गर्दै अर्याल विजयी भएका हुन् । अर्यालले ४१६ मत प्राप्त गरेका छन् । लामिछानेले ४१४ मत प्राप्त गरेका छन् । सभापतिमा निर्वाचित भएका अर्याल सभापति रविव लामिछाने निकटका हुन् । पराजित भएका सभापति बालेन्द्र शाह (बालेन) निकटका हुन् ।

बागमती प्रदेश कार्यसमितिको उपसभापतिमा लामिछाने प्यानलका उम्मेदवार विजयी भएका छन् । अघिल्लो कार्यकालमा प्रदेश कार्यसमितिको महामन्त्री रहेका सुरेन्द्र भट्ट निर्वाचित भएका छन् ।

सभापति पदबाट उम्मेदवारी फिर्ता लिएका कृष्णमान शाक्यलाई उपसभापति पदमा पराजित गर्दै भट्ट विजयी हुन् । भट्ले २४७ मत प्राप्त गर्दा श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् । शाक्य अर्याल प्यानलबाट उम्मेदवार बनेका थिए ।

भट्ट र शाक्यसँगै राधिका तिमल्सिना, गीता पौडेल र निना रेग्मी पोखरेल उपसभापतिको उम्मेदवार बनेका थिए । तिमल्सिनाले ४९, पौडेलले ९ र पोखरेलले ३० मत प्राप्त गरेकी थिइन् ।

महामन्त्री पदमा सिन्धुलीकी मेनुका ठकुरी निर्वाचित भएकी छिन् । यसअघि प्रदेश कार्यसमितिको कोषाध्यक्ष पदमा रहेकी ठकुरीले २१९ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

सांसद समेत रहेका बदनकुमार भण्डारीलाई १२ मतान्तरले पराजित गरेकी हुन् । ठकुरीले २१९ मत प्राप्त गर्दा भण्डारीले २०७ मत प्राप्त गरेकी हुन् । सोही पदका लागि उम्मेदवार बनेका सुमनकुमार धितालले २७ मत प्राप्त गरेका छन् । प्रदीप उप्रेतीले ४४ मत प्राप्त गरेर पराजित भएका छन् ।

सहमहामन्त्रीमा नुवाकोटकी स्वस्तिका लामिछाने र काठमाडौंका मीनप्रसाद गैरे निर्वाचित भएका छन् । खुल्ला सहमहामन्त्री पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएकोमा गैरे निर्वाचित भएका हुन ्। उनले २०३ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी डा. रमेश ढकालले १७७ मत मात्रै प्राप्त गरेका छन् ।

सहमहामन्त्री पदका लागि उम्मेदवार बनेका प्रकाश खत्रीले ६४ मत प्राप्त गर्दा राजु सुनारले ५३ मत प्राप्त गरेका छन् । सहमहामन्त्री महिलातर्फ ३०९ मत प्राप्त गर्दै नुवाकोटकी स्वस्तिका लामिछाने विजयी भएकी छिन् । यो पदका लागि ३ जनाबीच भएको चुनावी प्रतिस्पर्धामा उनको निकटम प्रतिस्पर्धी सरला लामिछानेले १५९ मत प्राप्त गरिन् । कुसुम बस्नेतले ३१ मत प्राप्त गरिन् । रास्वपा बागमती प्रदेश समिति ६५ सदस्यीय हुने व्यवस्था छ ।

Published : Sunday, 2026 June 14, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया