गृहमन्त्री गुरुङले दरबार हत्याकाण्ड छानविन गराउने, दोषीलाई कारबाही

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने भएको छ ।

मंगलबार गृहमन्त्रीको पदभार ग्रहण गर्दै गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका हुन् । उनले दोषीलाई कानूनको दायरामा ल्याइने चेतावनी दिएका छन् ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने निर्णय पनि गरेका छन् ।

गृहमन्त्री गुरुङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने बताए । नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने उनले बताएका छन् ।

आफूमाथि तथ्यबिना आरोप लगाइएको गृहमन्त्री गुरुङले बताएका छन् । उनले मिडिया ट्रायलकै कारण कोही व्यक्तिले आत्महत्या गर्ने अवस्था नहोस् भनेका छन् ।

गृहमन्त्री गुरुङले मंगलबार गृहमन्त्री पदको शपथ लिएका छन् । उनले शपथसँगै मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन् ।

Published : Tuesday, 2026 June 9, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया