गगनको २.० कांग्रेसले प्रतिशोध साँध्यो, पूर्वमन्त्रीसहित ३ नेतासँग स्ष्टीकरण माग

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वमन्त्री दीपक खड्कासहित संखुवासभाका तीन जना नेताहरूलाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधेको छ ।

समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य खड्का, संखुवासभा जिल्ला कार्यसमितिका सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखालाई पार्टी विधान विपरीत कार्य गरेको भन्दै स्पष्टीकरण सोधेको हो । उनीहरूलाई ५ दिनभित्र लिखित जवाफ पेस गर्न समितिले निर्देशन दिएको छ ।

खड्कासहितका ३ नेताहरूलाई पार्टी उम्मेदवारविरुद्ध अन्तर्घात गरेको र विपक्षी दलका उम्मेदवारहरूलाई विजयी गराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

जिल्ला सचिव कुमारबाबु अधिकारी र महाधिवेशन प्रतिनिधि थलकुमार लिंखामाथि नेता दीपक खड्काकै निर्देशन अनुसार संगठन विरोधी गतिविधिमा संलग्न भएको आरोप समितिले लगाएको छ ।

भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट गगनकुमार थापा समूहले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएकाहरूले आफूलाई मन नपरेका नेताहरूलाई धमाधम अनुशासनको कारबाही गरेर कांग्रेसबाट निकाल्न खोजेको छ ।

कथित विशेष महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्वले सबैलाई मिलाएर लैजाने बेला अनुशासनको नौटंकी गरेर बबण्डर मच्चाइरहेको छ ।

Published : Monday, 2026 June 8, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया