ओलीले नाभाती बोलेर आफ्नो चरित्र देखाउनु भयोः पौडेल

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीका पछिल्ला अभिव्यक्ति र कामकार्वाहीले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि गरेको बताएका छन् ।

कर्मचारी यूनीयन संघ तनहुँले दमौलीमा गरेको कार्यक्रममा नेता पौडेलले ओलीले सरकारी संरचनालाई पंगु बनाएको आरोप पनि लगाए । ओलीले प्रधानमन्त्री कार्यालयलाई मात्र बलियो बनाएर प्रशासनमा नांगो हस्तक्षेप गरेको पौडेलले आरोप लगाए ।

‘ठूल–ठूला आयोजनाहरू आफ्नै मातहतमा ल्याई देशभक्त इमान्दार कर्मचारीको मनोबल गिराउँदै स्वयं सर्वशक्तिमान बन्ने दाउमा प्रधानमन्त्री हुनुहुन्छ’, उनले भने ।

आफ्नो विरोध सुन्नै नसक्ने असंहिष्णु प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरूलाई नानाभाती गाली गलौज गरेर आफ्नो असली चरित्र देखाएको पौडेलको आरोप छ ।

पौडेलले २१औँ शताब्दीमा अलोकतान्त्रिक सोँचको नेतृत्व नगर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।

Published : Sunday, 2018 December 9, 12:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया