ओली सरकारविरुद्ध मैदानमा आयो तरुण दल (तस्बिर)
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल काठमाडौं शाखाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको लाचारिपनाविरुद्ध ज्ञापन पत्र बुझाएको छ ।
तरुण दलका नेता तथा कार्यकर्ताहरूले सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासनमा पुगेर कम्युनिस्ट सरकारको अराजकता विरुद्ध ज्ञापन पत्र बुझाएका हुन् । उनीहरूले देशमा सुशानको माग गरेका छन् ।
नेपाल तरुण दल केन्द्रीय समितिको निर्देशनमा काठमाडौं जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत ओली सरकारलाई खबरदारी गरेको हो ।
देशमा बढ्दो बलात्कार, हत्या, हिंसा, महँगी, भ्रष्टाचार नियन्त्रण, गाडी खरिद प्रकरण, एयरवस खरिद आदिको छानविनमा सरकारी उदासीनता र निर्मला हत्या प्रकरणमा सरकारको लाचारिपना देखाएको विरोधमा खवरदारीका लागि प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाएको तरुण दल काठमाडौंले जनाएको छ ।
ओली सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा तरुण दलका थुप्रै नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए । उनीहरूले ओली सरकारले निर्मला पन्तका दोषीलाई संरक्षण गरेर राखेको भन्दै आक्रोश समेत जनाएका थिए ।



फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत