डा.शेखर कोइरालाद्वारा जिल्ला सभापतिहरूसँग परामर्श

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले जिल्ला सभापतिहरूसँग मुलुकको पछिल्लो राजनीतिक अवस्था र ककनी भेलाका बारेमा परामर्श गरेका छन् ।

काठमाडौंका बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा डा.कोइरालाले राजधानीमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर परामर्श गरेका हुन् । डा.कोइरालाले कांग्रेको प्रस्तावित

विधान मस्यौदामा के कस्ता सुझाव छन् भनेर जिल्ला सभापतिहरूसँग परामर्श गरेको रोल्पा कांग्रेसका सभापति अमर पुनले जानकारी दिए ।

डा.कोइरालासँगको छलफलमा डेढ दर्जन जिल्ला सभापतिहरूको उपस्थिति रहेको थियो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदामाथि छलफल चलिरहेको छ ।

जिल्ला सभापतिहरूको सुझावले विधान मस्यौदामा सहयोग मिल्ने जनाइएको छ ।

नुवाकोटको ककनीमा दुई दिनको भेलापछि राजधानी आएका सभापतिहरूसँग डा.कोइरालाको परामर्शलाई महत्वका साथ हेरिएको छ ।

Published : Saturday, 2018 December 1, 10:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया