युथ कांग्रेस र गगनका कारण सर्वसाधारणको खुसी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा र युथ कांग्रेसले विरोध गरेपछि कम्युनिस्ट सरकारले जोर–बिजोरको नियम हटाएको छ ।
सरकारले बिहीबारदेखि राजधानीभित्र जोर–बिजोर प्रणालीको लागू गरेको थियो । यो नियमलाई अवज्ञा गर्न कांग्रेसका युवा नेता थापाले आह्वान गरेका थिए । धेरै सर्वसाधारणले पनि सरकारको यो नियमको आलोचना गरेका थिए ।
शुक्रबारदेखि काठमाडौंमा शुरु भएको क्रिश्चिनय प्रचारक संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनका लागि भन्दै काठमाडौंभित्र सरकारले जोर–बिजोर प्रणाली लागू गरेको थियो ।
बिहीबारदेखि १६ गतेसम्मका लागि लागू गरिएको सवारी साधनको जोर–बिजोर नियम गृहमन्त्रालयको निर्देशनमा शुक्रबार साढे ११ बजेदेखि हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
यो नियम लागू गरिएपछि युथ कांग्रेस विरोधमा उत्रिएको थियो । उनीहरूले बिहीबार र शुक्रबार जोर–बिजोरको बिरोधमा अवज्ञा कार्यक्रम पनि गरेका थिए ।
युथ कांग्रेसले ज्ञानेश्वरमा गरेको अवज्ञा कार्यक्रमा प्रहरीले शुक्रबार बिहान हस्तक्षेप गरी ८ जनालाई पक्राउ पनि गरेको छ ।
1 प्रतिकृया प्राप्त “युथ कांग्रेस र गगनका कारण सर्वसाधारणको खुसी फिर्ता”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

निकै राम्रो काम