जिल्ला सभापतिहरूले कांग्रेसलाई गुटविहीन बनाउने
नुवाकोट । नेपाली कांग्रेसका सभापतिहरूले पदाधिकारीहरू बढाउन नहुने धारणा राखेका छन् ।
उनीहरू केन्द्रीय नेताहरूलाई व्यवस्थापन गर्ने बहानामा पदाधिकारी थप्न नहुने बताएका हुन् ।
नुवाकोटको ककनीमा बुधबारदेखि शुरु भएको जिल्ला सभापतिहरूको भेलामा धारणा राख्ने सभापतिहरूले पदाधिकारी नबढाउन नेतृत्वलाई चेतावनी दिएका छन् ।
भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका सभापति सहभागी छन् ।
सभापतिहरूले ककनीको भेला कुनै गुटका नरहेको बताएका छन् । सभापतिहरूले गुटविहीन कांग्रेस बनाउने जनाएका छन् ।
बिहीबारसम्म चल्ने भेलामा ६० जिल्ला सभापतिको सहभागिता रहको छ। पार्टीको प्रस्तावित विधानका सम्बन्धमा छलफल गर्न भेला आयोजना गरिएको बताइएको छ ।
भेलामा आन्तरिक गुटबन्दीको अन्त्य गरी संगठनलाई वडा स्तरबाटै सुदृढीकरण गर्नुका साथै नेतृत्वको परिवर्तन हुनु पर्ने माग आएको छ ।
पार्टीको संघीय विधानलाई अझ राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल सुरु भएको छ । महासमिति बैठकमा कसरी प्रस्तुत हुने सामूहिक धारणा तय गर्न दुई दिने भेला आयोजना गरिएको आयोजक कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिएका छन् ।
जिल्ला सभापति सहभागी भेलामा कांग्रेसको प्रस्तावित विधानको विषयमा छलफल भएपनि नेतृत्वको कार्यशैलीप्रति अधिकांशले असहमति जनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत