कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज, ककनीमा भब्य तयारी
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज (बुधबार) नुवाकोटमा शुरु हुँदै छ ।
नुवाकोट कांग्रेसले ककनीमा जिल्ला सभापतिहरूको भेला आयोजना गरेको हो । भेलामा कांग्रेसको विधान मस्यौदा प्रस्तावका बारेमा छलफल हुनेछ ।
बुधबार र बिहीबार दुई दिन चल्ने भेलाले केन्द्रीय कार्यसमितिलाई सुझाव दिनेछ । कांग्रेसलाई कसरी क्रियाशील बनाउने भनेर निर्णय पनि गर्नेछ । देशभरिका सभापतिहरू भेलामा सहभागी हुनेछन् ।
यसैबीच, कोषाध्यक्षहरूको भेला शुक्रबारबाट धादिङमा हुँदै छ । दुवै भेलालाई समेत केन्द्रीय नेताहरूले आ–आफ्नो अनुकूल बनाउने कसरत थालेका छन् ।
Published : Wednesday, 2018 November 28, 11:18 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत