कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज, ककनीमा भब्य तयारी

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज (बुधबार) नुवाकोटमा शुरु हुँदै छ ।

नुवाकोट कांग्रेसले ककनीमा जिल्ला सभापतिहरूको भेला आयोजना गरेको हो । भेलामा कांग्रेसको विधान मस्यौदा प्रस्तावका बारेमा छलफल हुनेछ ।

बुधबार र बिहीबार दुई दिन चल्ने भेलाले केन्द्रीय कार्यसमितिलाई सुझाव दिनेछ । कांग्रेसलाई कसरी क्रियाशील बनाउने भनेर निर्णय पनि गर्नेछ । देशभरिका सभापतिहरू भेलामा सहभागी हुनेछन् ।

यसैबीच, कोषाध्यक्षहरूको भेला शुक्रबारबाट धादिङमा हुँदै छ । दुवै भेलालाई समेत केन्द्रीय नेताहरूले आ–आफ्नो अनुकूल बनाउने कसरत थालेका छन् ।

Published : Wednesday, 2018 November 28, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया