कांग्रेसले सम्झियो चक्रप्रसाद बाँस्तोलालाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक क्षेत्रमा स्वर्गीय नेता चक्रप्रसाद बाँस्तोलाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार झापा–काठमाडौं सम्पर्क समितिले गरेको ४५औँ दिनको श्रद्धाञ्जलि सभामा देउवाले शान्ति प्रक्रियामा बाँस्तोलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
देउवाले लामो समय बिरामी परेका नेता बाँस्तोलालाई गरेको सेवा र धैर्यताको प्रशंसा गरे ।

सभामुख कृष्णबहादुर महराले बाँस्तोलाले मुलुकको शान्ति प्रक्रियामा खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गरे । उनले बाँस्तोला प्रष्ट विचार र निर्णय लिन सक्ने बहुमुखी प्रतिभाशाली नेता भएको बताए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाँस्तोलाको निरंकुशताविरुद्धको आन्दोलनमा विशिष्ट योगदान रहेको चर्चा गरे । उनले बाँस्तोलाप्रति श्रद्धाञ्जलि गर्नु उनका सद्गुणलाई आत्मसात् गर्नुपर्ने बताए ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बाँस्तोला काम र व्यवहारले क्रान्तिकारी नेता भएको बताए । उनले पार्टी गतिशील भएमा मात्र बाँस्तोलाप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए ।

कांग्रेसका केन्द्रीय सदस्यहरू डा रामशरण महत, प्रदीप गिरी, गुरुराज घिमिरे, केशवकुमार बुढाथोकी, मीना पाण्डे, प्रवक्ता विश्वप्रकाश शर्मालगायतले बाँस्तोलासँगका भेटका अनुभवको स्मरण गरेका थिए ।

Published : Tuesday, 2018 November 27, 11:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया