नेविसंघको महाविधेशन पुस २८ गते
काठमाडौं । नेपाल विद्यार्थी संघले १२औं महाधिवेशनको कार्यतालिका सार्वजानिक गरेको छ । कार्यतालिका सार्वजनिक गरिएपनि केन्द्रीय महाधिवेशन कहाँ गर्ने भन्ने उल्लेख छैन । स्थान पछि तय गरिनेछ ।
काठमाडौंको धोवीघाटस्थित नेविसंघ केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुसको २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो । नेविसंघका अध्यक्ष नैनसिंह महरले संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म मिति नै तोकेर अधिवेशन गर्ने कार्यतालिका तयार गरिएको जानकारी दिए ।
नेविसंघको कार्यतालिका अनुसार मंसिर २२ गते मावि र सिटिइभिटीको अधिवेशन गरिसक्नुपर्नेछ ।
कार्यतालिका अनुसार अधिवेशन नगर्ने कार्यसमिति स्वतः भंग हुनेछ । उनीहरूले महाधिवेशनमा पनि भाग लिन पाउने छैनन् । मंसिर २५ गते स्थानीय र नगर अधिवेशन, पुस ८ गतेभित्र उपत्यकाका क्याम्पसको अधिवेशन, पुस २० गते सातै प्रदेश अधिवेशन गर्नुपर्ने अध्यक्ष महरले जानकारी दिएका छन् ।
विवाद गरेर, आफूलाई मन परेको व्यक्तिलाई चिठी दिएर अधिवेशन गरेको पाइएमा चिठी बुझ्ने सभापति र केन्द्रीय प्रतिनिधिलाई कारबाही गर्ने नेविसंघले चेतावनी दिएको छ ।
यसअघि नेविसंघले कात्तिक १६ देखि महाधिवेशन गर्ने तय गरे पनि अन्तिम समयमा आएर महाधिवेशन हुन सकेको थिएन ।
नेविसंघमा ३२ वर्षे उमेरहद, विजयकुमार गच्छदारको पार्टीबाट आएका १५ जना विद्यार्थीलाई नेविसंघ कार्यसमितिमा ल्याउनेजस्ता निर्णयले गर्दा महाधिवेशन हुन सकेको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत