गौतमको दवावमा परेका ओलीले बैठक रोके
काठमाडौं । आफ्नै नेताहरूको दवावमा परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले केन्द्रीय सचिवालयको बैठक स्थगित गराएका छन् ।
केन्द्रीय सचिवालयको बैठक सोमबार बिहान ९ बजे बस्ने भनिएको थियो । बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।
सचिवालय बैठकमा नेता वामदेव गौतमले असन्तुष्ट समूहका युवा नेताहरूको मागका विषयमा छलफल गर्न माग राखेपछि ओलीले चित्त दुखाएका थिए ।
यसअघि बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंग्याउने सहमति गरेको थियो । बैठक स्थगित हुनुको कारण केहीपनि बताइएको छैन ।
दवाव परेपछि ओलीले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी थालेका छन् ।
कार्यविभाजनका लागि महासचिव विष्णु पौडेल र रामबहादुरथापाको कार्यदल बनाइएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन तयार पारेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत