महाधिवेशन माग गर्दै नेविसंघका नेताहरूद्वारा सानेपामा धर्ना

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चल्दै गर्दा धर्ना दिएका छन् ।

नेविसंघको १२औँ महाविधेशनका लागि दवाव दिँदै विद्यार्थी नेताहरूले पार्टी कार्यालयमा धर्ना दिएका हुन् । नेविसंघका नेता मोती भण्डारीको नेतृत्वमा कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका नेता र कार्यकर्ताले नेविसंघको महाविधेशन माग गरेर धर्ना दिएका थिए । भण्डारी वरिष्ठ नेत रामचन्द्र पौडेल समूहका नेता हुन् ।

नेपाली कांग्रेसले नेविसंघको महाधिवेशन गर्न दुई महिनाको समय थपेपनि विद्यार्थी नेताहरूले रुचाएका छैनन् । उनीहरूले अहिलेको कार्यसमितिलाई विघठन वा छ महिनाको समय दिएर महाविधेशन गर्नुपर्ने माग गर्दै आएका छन् ।

सभापति शेरबहादुर देउवा समूहले नेविसंघभित्र आफू अनुकूलको निर्णय गर्दै जान थालेपछि पौडेल समूहले विरोध गर्दै आएको छ । पौडेल समूहका विद्यार्थी नेताहरूले नेविसंघको विधि र विधानअनुसार चल्नुपर्ने माग गर्दै आएको छ ।

Published : Sunday, 2018 November 25, 8:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया