कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाइँका पिताको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सरिता प्रसाइँको पिता वीरेन्द्र प्रसाइँको निधन भएको छ । वीरेन्द्र प्रसाइँको ७९ वर्षीय उमेरमा निधन भएको हो ।

वीरेन्द्र प्रसाइँको निधन शुक्रबार झापास्थित आफ्नै निवासमा भएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले वीरेन्द्र प्रसाइँले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै स्मरण गरेको छ ।

वीरेन्द्र प्रसाइँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ । वीरेन्द्र प्रसाइँको आत्माको चीर शान्तिको कामना गर्दै कांग्रेसले सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Published : Saturday, 2018 November 24, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया