कांग्रेसको सभापति बन्न पौडेललाई अवसर मिल्ला ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उमेरमा देउवाभन्दा पनि जेठा छन् ।
पौडेलले अहिलेसम्म देशको प्रधानमन्त्री र कांग्रेसको फस्र्ट म्यान हुने अवसर पाएका छैनन् । महाधिवेशनको मुखैमा सुशील कोइरालाको निधन भएपछि पौडेलले सभापतिका देउवासँग लड्ने अवसर पाएका हुन् ।
दोस्रो चरणसम्म पुगेको निर्वाचनमा सिटौला पक्षले देउवालाई समर्थन गर्दा पौडेल पराजित हुन पुगेका थिए ।
नेता पौडेल अहिले ७४ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म पौडेल ७७ वर्ष पुग्नेछन् ।
यसकारण उनलाई सभापतिमा उठ्न अबको महाधिवेशन अन्तिम हुनेछ ।
कोइरालाहरू नै अघि सर्दा पौडेलसामु समर्थन गरेर जाने, जति भोट आए पनि सभापतिमा भिड्ने वा देउवासँग मिलेर आफ्नो शक्ति देखाउने विकल्प मात्र हुनेछ ।
जसरी पनि एकपटक पार्टी सभापति हुने आकांक्षा पूरा गर्न पौडेललाई कोइराला परिवारकै धापको जरुरी पर्ने देखिन्छ, कोइरालाहरूले एकपटक मौका दिए । फेरि दिँदा उनले देउवालाई पराजित गर्न नसक्ने बुझाइ उनीहरूको छ ।
कोइरालाहरू साथ छाडेर अघि बढ्दा नेता कार्यकर्ताको सद्भाव भएका, तर संगठनमा पकड नभएका पौडेलसामु देउवासँग मिल्नुको अर्को राम्रो विकल्प हुनेछैन ।
कोइरालाहरूले पौडेललाई साथ नदिँदा देउवासामु पनि पौडेललाई भावी राष्ट्रपति, प्रधानमन्त्री वा पार्टीमै कार्यवाहक सभापति दिने आश्वासनमा आफूसँग राख्ने विकल्प पनि छ ।
यो विकल्पलाई देउवा पक्षकै नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महतसहितले नरुचाउन सक्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत