कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान, यो विषयमा हुनेछ छलफल

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको तयारी गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कार्यसमितिको बैठक मंसिर ९ गतेदेखि बस्नेछ ।

शुरुको दिनको बैठकम विधान संशोधन समितिले विधानको मस्यौदा प्रस्तुत गर्ने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विधानको मस्यौदा वितरण गर्ने जनाइएको छ ।

विधान अध्ययनका लागि दुई दिनको समय दिइ पुनः बैठक बोलाउने उपसभापति निधिले जानकारी दिए ।

सहमति हुन नसकेपछि समितिले फरक मतसहित विधान मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको छ ।

कांग्रेसका पदाधिकारी, केन्द्रीय कार्यसमितिको संख्या, पदाधिकारी, अनुशासन समिति, संसदीय समितिको निर्वाचन प्रक्रिया, पार्टीको सदस्यता, विशेष परिस्थितिको व्याख्यालगायतका कतिपय विशेषमा समितिले सहमित जुटाउन सकेको छैन ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका सदस्यहरूले फरक मत राखेका छन् ।

समितिस्तरमा सहमति जुट्न नसक्ने भएपछि समितिले फरक मतसहितको मस्यौदा केन्द्रीय कार्यसमितिमा बुझाउने तयारी गरेको छ ।

Published : Wednesday, 2018 November 21, 9:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया