कम्युनिस्ट सरकारको तनावका दिन शुरु, कांग्रेस कडा रुपमा आउने
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारलाई संसदबाट खबरदारी गर्न नसकेको भनेर आलोचना हुन थालेको छ ।
संसदको बैठक स्थगित भएको लामो समय भएको छ । कम्युनिस्ट सरकारले संसद बैठक आह्वान गर्ने कुनै सुरसार गरेको छ । मुलुकमा महँगी र भ्रष्टाचार बढ्दा, शान्ति सुरक्षाको स्थिति कमजोर हुँदा, महिला हिंसा तथा बलात्कारका घटना बढ्दा र जनता सूचनाको हकबाट वञ्चित हुँदा लगायतका काम भएका बेला सरकारलाई झकझक्याउने काम कांग्रेसले गर्न नसकेको आरोप छ ।
सरकारले बाटो बिराउँदा यस्ता विषयमा प्रतिपक्षसँग जनताले आशासमेत राख्ने गरेका छन् । कांग्रेसले अबका दिनमा कम्युनिस्ट सरकारको गलत क्रियाकलाप विरुद्ध सदन र सडकबाट कडा रुपमा आवाज उठाउने रणनीति तयार पारेको छ । अबका दिन खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई तनाव हुनेछ ।
संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्ला दिनमा सरकारका कामको मोनिटरिङ गर्न नसकेर झन् कमजोर प्रतिपक्ष बन्दै गएको छ ।
आन्तरिक किचलोमा समेत व्यापक रूपमा बेरिएको कांग्रेस सरकारको मोनिटरिङमा समेत पछिल्ला दिनमा कमजोर बन्दै गएको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिपक्षी भूमिकामा रहेको कांग्रेसले सरकारका गतिविधिलाई सही रूपमा मोनिटरिङ गर्न नसकेको स्वीकार गरेका छन् ।
नेता कृष्णप्रसाद सिटौलासमेत सरकारका जनविरोधी कार्यविरुद्ध प्रतिपक्षको भूमिका प्रभावकारी हुन नसकेको स्वीकार गर्छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने संसद् बैठक सुरु भएलगत्तै आमजनताका सवालसँग जोडिएका विषयमा कांग्रेस सशक्त रूपमा संसद्मा प्रस्तुत हुने जनाए ।
कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद निर्वाचित छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत