गगनको टिप्पणीले कम्युनिस्ट सरकार थला पर्‍यो

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले कम्युनिस्ट सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन् ।

ललितपुरमा सोमबार आयोजित कार्यक्रममा युवा नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘कम्युनिस्ट सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी एवम् जिम्मेवार बन्न सकेन’, उनले भने, ‘संविधानको आत्मा भनेको लोकतान्त्रिक मूल्य मान्यता हो । बाँकी त संरचना हो ।’

संविधान कार्यान्वयनमा कांग्रेसले सहयोग गरेको भन्दै कांग्रेसका नेता थापाले सरकारमाथि संघीयताको व्यवस्थापन गर्न सक्छ कि सक्दैन ? लोकतान्त्रिकलाई थप समावेशी बनाएर लैजान्छ कि लैजाँदैन भन्ने प्रश्न उठेको बताए ।

‘दुई तिहाईको सरकार बनेपनि डेलिभरी नहुँदा जनतामा निराशा छाएको छ’, उनले भने, ‘कम्युनिस्ट सरकारको नियतमाथि पनि प्रश्न छ । क्षमतामाथि पनि प्रश्न छ ।’

Published : Monday, 2018 November 19, 10:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया