गिरिजाप्रसादको नाममा अस्पताल खुल्दै, गरिवलाई सेवा दिइने
विराटनगर । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति स्व.गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने भएको छ ।
जीपी कोइराला फाउण्डेसनले गिरिजाप्रसाद कोइरालाको स्मृतिमा अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । फाउण्डेसनको प्रदेश–१ की संयोजक इन्दिरा थापाले विराटनगर र धनकुटामध्ये एक ठाउँमा अस्पताल निर्माण गरिने बताइन् ।
फाउण्डेसनमार्फत अस्पताल निर्माण गरिनेछ । विराटनगर कोइराला निवासस्थित जीपी फाउण्डेसनको आफ्नै भवन छ । फाउण्डेसनको नाममा रहेको ४ कठ्ठा जग्गासमेत छ ।
बाँकी जग्गामा जीपी कोइराला संग्राहालय स्थापना गरिनेछ । अब चाँडै नै संग्राहालयको भौतिक संरचनाको निर्माण सुरु हुन्छ । संग्राहालयमा गिरिजाप्रसाद र कोइराला परिवारसँग सम्बन्धित सामग्री राखिनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत