कांग्रेस सम्झिएर भाक्कानिए यी नेता, चारतारेको शरणमा आए

विराटनगर । निर्वाचनमा मोरङबाट टिकट नपाएपछि माओवादीमा प्रवेश गरेका बाबुराज ओझा पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् ।

०७० सालको संविधानसभा निर्वाचनमा टिकट नदिएपछि माओवादीमा बनेका ओझा आइतबार फेरि कांग्रेसमै फर्किएका हुन् ।

२२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी संविधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए । उनी मोरङ क्षेत्र नम्बर ६ मा संविधानसभा सदस्यको उम्मेदवार बनेका थिए ।

कांग्रेस नेता महेश आचार्यसँग ओझा पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याएका हुन् ।

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्वजिल्ला सचिव हुन् । कांग्रेस फर्किएका ओझाका आँखा रसाएका थिए ।

Published : Sunday, 2018 November 18, 6:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया