यसरी मिल्दै छ नेविसंघको कुरा, एक ठाउँमा आए ठूला नेता
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवादलाई नेपाली कांग्रेसले आज (आइबार) समाधान गर्ने भएको छ ।
ललितपुरको सानेपामा दिउँसो दुई बजेपछि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको म्याद थप गर्नेछ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूलो नेताहरूबीचको सहमति अनुसार नेविसंघलाई केही समय दिएर महाधिवेशन गर्न निर्देशन दिइनेछ ।
नेविसंघको १२औँ महाधिवेशनमा उमेर हद भने लागू हुनेछ । ३२ वर्षभन्दा बढी उमेर भएका नेताहरूलाई महाधिवेशनमा भाग लिन पाउने छैनन् ।
नेविसंघमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राखेका मागलाई पनि सम्बोधन गर्ने सहमति शनिबार भएको छ । अघिल्लो बैठकमा बहुमतबाट पारित भएको नेविसंघको निर्णयलाई देउवाले आजको बैठकमा पुनः पेश गरेर छलफल गरी सर्वसम्मत रुपमा पारित गराउन भूमिका खेल्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत