यसरी मिल्दै छ नेविसंघको कुरा, एक ठाउँमा आए ठूला नेता

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवादलाई नेपाली कांग्रेसले आज (आइबार) समाधान गर्ने भएको छ ।

ललितपुरको सानेपामा दिउँसो दुई बजेपछि बस्ने कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघको म्याद थप गर्नेछ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूलो नेताहरूबीचको सहमति अनुसार नेविसंघलाई केही समय दिएर महाधिवेशन गर्न निर्देशन दिइनेछ ।

नेविसंघको १२औँ महाधिवेशनमा उमेर हद भने लागू हुनेछ । ३२ वर्षभन्दा बढी उमेर भएका नेताहरूलाई महाधिवेशनमा भाग लिन पाउने छैनन् ।

नेविसंघमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राखेका मागलाई पनि सम्बोधन गर्ने सहमति शनिबार भएको छ । अघिल्लो बैठकमा बहुमतबाट पारित भएको नेविसंघको निर्णयलाई देउवाले आजको बैठकमा पुनः पेश गरेर छलफल गरी सर्वसम्मत रुपमा पारित गराउन भूमिका खेल्नेछन् ।

Published : Sunday, 2018 November 18, 12:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया