प्रचण्डले दोहोर्‍याएको यो शब्दले ओली र मन्त्रीहरूलाई तनाव

चरिकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मन्त्रिमण्डल हेरफेर हुन सक्ने संकेत गरेका छन् ।

दोलखाको चरिकोटमा शनिबार फुटबल प्रतियोगिता उद्घाटन गर्नुअघि पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दाहालले मन्त्रिमण्डल हेरफेर हुने सक्ने संकेत गरेका हुन् ।

मन्त्रिमण्डल हेरफेरको कुरा गर्दा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष खड्गप्रसाद ओलीले अस्वीका गरिदिइ सकेका छन् । यस पटक ओलीसँग कुरा गरेर दाहालले मन्त्री हेरफेरको कुरा गरेका हुन् वा आफू खुसी भनेका हुन् केही बताइएको छैन ।

‘मेरो भाषामा भन्दा सरकारको गियर बदलेर भएपनि अघि बढौं भनेको छु’, दाहालले भने, ‘केही मन्त्री हेरफेर गरेर भएपनि सरकारको कामलाई सुधार गर्नुपर्छ ।’ उनले सरकारको गति बढाउन त्यस्तो कदम चाल्ने बताएका छन् ।

दाहालले सरकारले केही सकारात्मक आधारहरू बनाउँदै गएको भएपनि विकासले गति लिन नसकेको बताए । सरकारका कारण जनतामा निराशा पैदा भएको स्वीकार गरे ।

Published : Saturday, 2018 November 17, 9:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया