नेविसंघको विवाद सहमति नजिक पुग्यो, आइतबार यसरी हुनेछ फाइन
काठमाडौं । नेपाल विद्यार्थी संघको महाविधेशन तोकिएको समयमा हुन नसकेपछि समाधान खोज्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शनिबार ढिलो गरेर बसेको बैठकलाई सभापति शेरबहादुर देउवाले अगाडि बढाएका थिए । उपसभापति विमलेन्द्र निधिले बैठकमा नेपाल विद्यार्थी संघका बारेमा विषय प्रवेश गराएको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसको अर्को बैठक आइतबार अपरान्ह २ बजे पुनः बस्नेछ । बैठकमा नेविसंघको महाधिवेशन र विवादका बारेमा छलफल हुनेछ ।
स्रोतका अनुसार केन्द्रीय कार्यसमिति बैठक बस्नु अगाडि सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूको अनौपचारिक वार्ता भएको थियो ।
अनौपचारिक वार्तामा पौडेल समूहले उठाएका मागलाई सम्बोधन गर्ने तथा नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्नेबारेमा सहमति भएको एक नेताले बताएका छन् ।
कांग्रेसका युवा नेताहरू पनि नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्नेपक्षमा छन् ।
नेविसंघमा एउटा समूहले तदर्थ समिति बनाएर महाधिवेशन गर्नुपर्ने अडानमा छ भने अर्को समूह म्याद थप गरेर जाने पक्षमा देखिएको छ । म्याद थपको पक्षमा नैनसिंह महर पक्ष छ ।
त्यसैगरी राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा आइतबार मंसिर २ गते प्रदेश नं. २ को जनकपुर र गण्डकी प्रदेशको पोखरामा हुने कार्यक्रम यथावत रुपमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसको बैठक शुरु हुन अगाडि नै पुगेका नेविसंघका नेता तथा कार्यकर्ताले नेतृत्व विरुद्ध कडा नारावाजी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत