कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाल विद्यार्थी संघले तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि त्यस बारेमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शनिबार दिउँसो २ बजे बस्ने बैठकमा नेविसंघको महाधिवेशनका बारेमा छलफल हुनेछ ।
नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात आइतबार सकिदैछ ।
दुईवर्षे कार्यकालका लागि संघको ११औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
Published : Saturday, 2018 November 17, 11:27 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत