कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाल विद्यार्थी संघले तोकिएको समयभित्र महाधिवेशन गर्न नसकेपछि त्यस बारेमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा शनिबार दिउँसो २ बजे बस्ने बैठकमा नेविसंघको महाधिवेशनका बारेमा छलफल हुनेछ ।

नेविसंघको कार्यसमितिको समयावधि मंसिर २ गते अर्थात आइतबार सकिदैछ ।

दुईवर्षे कार्यकालका लागि संघको ११औं महाधिवेशन ०७३ भदौमा भएको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महासमिति लगायतका समसामयीक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

Published : Saturday, 2018 November 17, 11:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया