कांग्रेसका शिखरपुरुषलाई यसरी सम्झिँदै छन् गृहनगरमा

विराटनगर । विराटनगरमा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रदर्शनी हुने भएको छ ।

मंसिर २ गते जिपी फाउण्डेशनले फोटो प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीको तयारी समेत शुरु भइसकेको छ ।

कांग्रेस नेताहरू डा.शंशाक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

कांग्रेस नेतृ सुजाता कोइरालाले निर्माण गरेको घर उनले आफ्ना बुबा गिरिजाप्रसादको नामको संस्थालाई हस्तान्तरण गरेकी हुन् ।

मंसिर २ गते कोइराला परिवारका सदस्यहरू बीपी कोइरालाको पुत्र डा. शंशाक, नोना कोइराला पुत्र डा. शेखर र गिरिजापुत्री सुजाता कोइरालाको हातबाट जीपी फाउण्डेशनको संयुक्त रुपमा उद्घाटन गरिनेछ ।

भवनको उद्घाटनसँगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीसमेत आयोजना गरिनेछ ।

Published : Friday, 2018 November 16, 10:08 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया