नेविसंघद्वारा कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन

डडेल्धुरा । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले डडेल्धुरामा चक्काजाम गरेको छ ।

नेविसंघका कार्यकर्ताले बुधबार कम्युनिस्ट सरकारका विरुद्ध नारावाजी गर्नुका साथै एकघण्टा चक्का जाम गरेका छन् । उनीहरूले चक्का जाम गर्ने बेला अधिनायकवाद ल्याउन लागेको भन्दै सरकारविरुद्ध नारावाजी गरेका थिए ।

काभ्रे जिल्लाको मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्री केपी ओलीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

कम्युनिस्ट सरकारले पक्राउ गरेका ढकाललाई रिहाइ गर्न माग राखेर विरोधमा उत्रिएको नेविसंघ डडेल्धुराका नेता पदम भण्डारीले जानकारी दिए ।

नेविसंघका कार्यकर्ताहरूले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको दोषीहरूलाई पक्राउ गरेर कारबाही गर्न पनि माग गरेका छन् ।

Published : Wednesday, 2018 November 14, 1:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया