एमाले हुनुको दण्ड पाए यी सांसदले, अन्धकार बनाइदियो नेकपाले जीवन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ सोडारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साधारण सदस्यबाट समेत हटाइएको छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबार साँझ बसेको आकस्मिक बैठकले सोडारीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही पार्टीबाट हटाइएको प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

प्रदेश पदाधिकारी बैठकले सोडारीलाई अनिश्चितकालसम्म पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारबाही गर्ने निर्णय गरेपछि उनको राजनीतिक भविष्य डामाडोल भएको छ ।

पार्टीको कारबाहीसँगै सोडारीको प्रदेश सांसदको पद खारेज हुने पक्का छ । सोडारी अब घरन घाटको हुन पुगेको टिप्पणी हुन थालेको छ ।

सोडारीलाई कारबाही गर्ने बैठकमा नेकपाका प्रदेश इञ्चार्ज समेत रहेका भीम रावलको पनि उपस्थिति रहेको थियो । रावलकै अध्यक्षतामा बैठक बसेको थियो । नेकपाका स्थायी समिति सदस्य लेखराज भट्टको समेत बैठकमा उपस्थित रहेका थिए ।

सोडारी तत्कालीन एमाले कैलालीको अध्यक्ष समेत रहेका थिए । पार्टी एकीकरणपछि प्रदेश कमिटीको सदस्यमा सोडारी सिफारिसमा परेका थिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेका थिए । सोडारीको ठाउँमा नेकपाका सांसद कृष्णराज सुवेदीलाई शपथ गराइएको छ ।

Published : Tuesday, 2018 November 13, 8:52 pm

1 प्रतिकृया प्राप्त “एमाले हुनुको दण्ड पाए यी सांसदले, अन्धकार बनाइदियो नेकपाले जीवन”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया