यी मुख्यमन्त्रीको धम्कीले कम्युनिस्ट सत्तालाई तनाव
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले केपी ओलीले भन्दा राम्रो काम आफूले गरेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले प्रदेश २ मा धेरै कामहरू अगाडि बढाएको बताए ।
‘केपी ओलीजीले भन्दा धेरै राम्रा कामहरू गरेको छु’, उनले भने, ‘प्रदेश २ को सरकार कसैको निर्देशनमा चल्ने होइन ।’
उनले केन्द्र सरकारले कर्मचारी नपठाएर आफूहरूलाई हेपेको बताए । ‘अब मैले कर्मचारीहरू करारमा नियुक्ति गर्छु’, उनले भने, ‘संघीय विकासमन्त्री लालबाबु पण्डितले कर्मचारी पठाएनन् । आफ्नो कर्मचारी आफैसँग राख्नुस् । हामीले आफै कर्मचारी भर्ना गर्छौं ।’
मुख्यमन्त्री राउतले यसअघि पनि प्रहरी आफै भर्ना गर्ने भनेका थिए । उनका अभिव्यक्ति र कामकारबाहीले केन्द्रको कम्युनिस्ट सरकारलाई तनाव बढाइदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत