गगनको अभिव्यक्तिले कांग्रेस शीर्ष नेतृत्वभित्र तरंग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेकोमा विरोध जनाएका छन् ।
शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा नेता थापाले गच्छदारलाई उपसभापति बनाएकोमा विरोध गरेका हुन् । उनले पार्टी नेतृत्वको खुलेर आलोचना गरे ।
‘उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने सभापति शेरबहादुर देउवाको शैली अराजकता हो’, उनले भने, ‘सभापतिको कार्यशैली पार्टीका लागि खतरनाक हुन सक्छ ।’
नेता थापाले विधान विपरित जथाभावी नचल्न सभापति देउवालाई चेतावनी दिए ।
उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले सभापति देउवाले विधान विपरितका गतिविधि गरेको भन्दै आलोचना गरे । उनले त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत