कांग्रेसको शुभकामनाले देशभरि खुसीयाली
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरूको महान चाड तिहारको पाँचौ दिन भाइटीकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिएका छन् ।
भाइटीकाको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएको बताएका छन् ।
‘मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ’, देउवाले भनेका छन्, ‘तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’
‘अन्धकार विनास गर्ने उज्यालोको यो चाडले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अध्यारोमाथि विजय पाउने प्रेरणा दिन सकोस्’, उनले भनेका छन् ।
‘सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्दै तिहारको पाँचौ दिन भाइटीकाको अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा मेरो पुनः शुभकामना’, उनले भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत