ठूलीभेरी नदीमा जिप खस्दा दश यात्रुको मृत्यु
डोल्पा । डोल्पा जिल्लामा यात्रु बोकेको जिप ठूलीभेरी नदीमा खसेर दुर्घटना हुँदा १० जना यात्रुको मृत्यु भएको छ ।
दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जिप सोमबार नदीमा खसेको हो । ठूलीभेरी ३ कालागौडामा सडकबाट चिप्लिएर जिप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते २ जनाको उद्धार गरिएको छ। चालक दिनेश बोहोरा पनि घाइते भएका छन् ।
जिप नदीबाट बाहिर निकालिएको छ । प्रहरीले जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ ।
ओरालोमा ब्रेक लागेर जिप नदीमा खस्न गएको प्रारम्भीक अनुसन्धानबाट देखिएको डिएसपी अबदेश बिष्टले बताएका छन् ।
Published : Monday, 2018 November 5, 4:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत