कांग्रेसले बोलायो कार्यसमितिको बैठक, यी विषयमा हुनेछ छलफल

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र विधानको मस्यौदाका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा कात्तिक २० गते मंगलबार अपरान्ह एक बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको विधान मस्यौदा समितिले आफ्नो जिम्मेवारी पूरा गरेको छ । सो समितिले बैठकमा विधानको मस्यौदा पेस गर्नेछ ।

समितिको मस्यौदामा बैठकमा छलफल हुनेछ । साथै केही विषय थप हुनेछ । कांग्रेसले मंसिरको ५ देखि ९ गतेसम्म महासमितिको बैठक बोलाएको छ ।

Published : Sunday, 2018 November 4, 3:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया