शक्तिशाली यी कम्युनिस्ट नेताद्धारा कांग्रेसको प्रशंसा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भैनसकेको प्रतिक्रिया दिएका छन् ।
दशैं, तिहार र छठ पर्वका अवसरमा नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापान समारोहमा सहभागी हुन पुगेका नेता खनालले सो प्रतिक्रिया दिएका हुन् ।
नेता खनालले भने, ‘तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भैसकेको छैन । यो एकता प्रक्रिया सकिने वित्तिक्कै समृद्धिको यात्रा सुरु हुन्छ ।’
नेता खनालले केही हप्ता यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई खोज्नुपर्ने अवस्था आएको बताए । ‘कांग्रेसलाई खोज्दै थिएँ । कांग्रेस यता रहेछ’, उनले भने, ‘कांग्रेसले प्रतिपक्षको जस्तो भूमिका निभाउनुपर्छ ।’
कांग्रेसले यस पटक आयोजना गरेको चियापान कार्यक्रमको नेता खनालले खुलेरै प्रशंसा गरे । ‘कांग्रेसले यस पटक अत्यन्तै राम्रो र व्यवस्थित चियापन कार्यक्रम राखेको रहेछ’, उनले भने, ‘पहिलो पटक राम्रो व्यवस्थापन भएको पाएँ ।’
नेकपाकै अर्का नेता नारायणकाजी श्रेष्ठले पार्टीहरुले आयोजना गर्ने चियापानजस्ता कार्यक्रमले पार्टीहरुबीचमा सम्बन्ध सुधार्ने संस्कृतिको विकास गर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत