बिहारका मुख्यमन्त्रीले यसरी दिए कांग्रेसका नेतालाई सम्मान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद मोहम्मद अफ्ताव आलम र भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिशकुमारबीच भेटवार्ता भएको छ ।
पटनास्थित मुख्यमन्त्रीको कार्यालयमा बिहीबार भएको भेटवार्तामा नेपाल–भारतबीच बिहार राज्यसँग जोडिएको सीमानाको समस्याका विषयमा कुराकानी भएको हो ।
भेटवार्तामा दुई देशको सम्बन्धलाई प्रगाढ र उचाइँमा पु-याउने विषयमा पनि परामर्श भएको कांग्रेस नेता आलमले टेलिफोनमा जानकारी दिए ।
पूर्वमन्त्री एवम् सांसद आलमले बिहारका मुख्यमन्त्री नीतिशकुमारसँग आफ्नो ओहदाअनुसार भेटवार्ता गरेका हुन् । भेटमा नीतिश कुमारले आलमको पदीय हैसियत र दायित्वलाई ख्याल गरेर सोहीअनुसारको व्यवहार गरेका थिए ।
Published : Thursday, 2018 November 1, 7:15 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत