कांग्रेसलाई ठूलो पार्टी बन्न कुनै ताकतले रोक्न सक्दैनः डा.शशांक कोइरााला

खोटाङ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

खोटाङको जन्तेढुङगा गाउँपालिका कार्यसमितिले मंगलबार चिसापानीमा आयोजना गरेको वीपी कोइरालाको शालिक अनावरण कार्यक्रममा महामन्त्री डा.कोइरालाले पार्टीभित्रको गुट–उपगुटको अन्त्य गर्दै एकताबद्ध भएर अगाडि बढ्नु पर्ने बताए ।

कांग्रेसलाई मुलुकको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने उनले बताए ।

उनले आगामी दिनमा कांग्रेस आन्तरिक समस्या हल गर्दै आउँदो चुनावका लागि जीतको योजना निर्माणमा उल्लेख गरे ।

Published : Wednesday, 2018 October 31, 8:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया