यी कांग्रेसीलाई पनि कम्युनिस्ट सरकारले फाल्यो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्ति गरेको गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई कम्युनिस्ट सरकारले पदमुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषदले उपाध्यायलाई हटाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गोरखापत्रको महाप्रबन्धकबाट उपाध्यायलाई हटाएको बताए ।

उपाध्यायलाई हटाएपछि कम्युनिस्ट सरकारले आफू निकटका एक व्यक्तिलाई नियुक्ति गर्नेछ ।

कम्युनिस्ट सरकारले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ । अब सरकारी निकायमा विद्युतीय पत्राचारले पनि मान्यता पाउनेछ ।

Published : Sunday, 2018 October 28, 6:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया