सुनसरी घटनामा गोली लागेर घाइते अर्का व्यक्तिको पनि मृत्यु
विराटनगर । सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । योसँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् ।
आइतबार राति दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया