देवानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रधानमन्त्रीको राजीनामा माग, सरकारविरुद्ध प्रदर्शन
विराटनगर । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका मोरङका प्रदर्शनकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)विरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, मोरङअगाडि पुगेका प्रदर्शनकारीले ‘बालेन सरकार’विरुद्ध नाराबाजी गरेका हुन् । विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ संगठनका प्रतिनिधिहरू विरोध जुलुसमा सहभागी छन् ।
हनुमान मन्दिरअगाडिबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेट अगाडिसम्म पुगेको छ । प्रदर्शनकारीले सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्ने विषयमा सरकारको पहल नदेखिएको आरोप लगाएका छन् ।
प्रदर्शनकारीले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्दै नाराबाजी गरेका छन् ।
प्रदर्शनकारीलाई अगाडि बढ्न नदिन प्रशासन परिसर आसपास ब्यारिकेट खडा गरिएको छ । शान्ति सुरक्षा कायम गर्न विराटनगर क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।
आइतबार राति साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई फरक समुदायबीच भएको झडपमा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तराईका विभिन्न जिल्लाहरूमा विरोध प्रदर्शन भइरहेका छन् ।
यसैबीच, हिन्दू सम्राट नेपाल जिल्ला कार्यसमिति, मोरङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाई दोषीलाई कारबाही गर्न माग गरेको छ । विराटनगर क्षेत्रमा विरोध प्रदर्शनहरू भइरहेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया