सुनसरी घटनाको विरोधमा जनकपुर बजार बन्द आह्वान, जनजीवन प्रभावित
जनकपुर । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधाम बजार बन्द गरिएको छ ।
बिहीबार जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका हुन् । उनीहरूले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन गरेको बताएका छन् ।
हिन्दु युवा प्रदर्शनकारीहरूले सुनसरी घटनाको विरोध गर्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि माग गरेका छन् । उनीहरूले गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी समेत गरेका छन् ।
प्रदर्शनकारीहरूले हिन्दु राष्ट्र कायम गर, हिन्दु मार्न पाइँदैन, मुस्लिम आयोग खारेज गर लगायतका नारा लगाउँदै जनकपुर बजार बन्द गराउँदै हिँडेका छन् ।
जनकपुरधामको सम्पूर्ण बजार ठप्प बनेको छ । शान्ति सुरक्षा बनाइ राख्न जनकपुर बजारको प्रत्येक चोकहरूमा ठूलो संख्यमा सुरक्षाकर्मी परिचालन गराइएको छ । बजार बन्दले सर्वसाधारणको दैनिक जीवनयापन प्रभावित बनेको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया