विशेष महाधिवेशन देउवा लखेट्न मात्रै थिएन, अर्को शक्तिलाई राजमार्ग बनाउनु थियो : विश्लेषक दाहाल
काठमाडौं । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले गगन थापाको भृकुटीमण्डपको विशेष महाधिवेशन शेरबहादुर देउवालाई मात्रै लेखेट्नु नरहेको बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसका देउवा पक्षीय नेताहरूको सम्पर्क कार्यालय, चुनदेवीमा भएको वुद्धिजीवीहरूसँगको छफलमा विश्लेषक दाहालले कांग्रेसलाई कमजोर पारेर अर्को शक्तिलाई राजमार्ग निर्माण गर्नु भृकुटीमण्डपको विशेष महाधिवेशनको उदेश्य रहेको बताए । उनले भने, ‘विशेष महाधिवेशन देउवा लखेट्न मात्रै थिएन । कांग्रेसलाई कमजोर पारेर अर्को शक्तिलाई राजमार्ग निर्माण गर्नु पनि थियो ।’
‘यो सत्यलाई विश्लेषण नगरी अहिले गाली र कुतर्कले एकतामा भाँजो हाल्ने, संयम र तर्कपूर्ण विचार दिनु उपयुक्त हुनेछ,’ दाहालले भने, ‘गत ६ गते वीपी स्मृति दिवसमा केही वक्ताद्वारा व्यक्त विचार उत्तेजक र दुरी बढाउने र घृणा फैलाउने अनुभव भएको मेरो भनाइ छ ।’
‘आफ्नो शक्ति विस्तार नगरी दवाव हुननसक्ने, विशेष महाधिवेशन पक्षधर कुनै पनि अवस्थामा समझदारीमा पुग्ने कम सम्भावना । हिजोका आफ्ना काम कस्ता थिए त्यसको पनि समीक्षा गरेमा असहमतहरूको दवाव दिनसक्ने शक्तिको ज्ञात हुनेछ,’ दाहालले भने ।
दाहालले भने, ‘मेरो निष्कर्ष छ । गत वर्ष भदौ २३/२४ को लक्ष्य र गन्तव्यको अन्त्य नभएसम्म कांग्रेसमन समझदारी असम्भव । देश खरानी पार्ने खेल संसद विघटन, नयाँ प्रधानमन्त्रीमा मात्रै सीमित थिएन । राष्ट्रवादी शक्तिलाई ध्वस्त पार्नु पनि थियो ।’
उनले भने, ‘कांग्रेस र एमालेमा विभाजनसम्म पुग्नेगरी अन्तरविरोध हुनुको कारण सामान्य छैन ।’
‘अरुपनि भनियो । हेरौँ कांग्रेस मझदारीमा पुग्छ कि फुट्छ धेरै दिन पर्खनु पर्ने छैन होला । काम के गर्नु हुन्छ र आफूलाई सुधार गरी सशक्त बनाउनु हुन्छ भविष्यले बताउनेछ,’ वरिष्ठ पत्रकार दाहालले छलफलमा आफूले राखेका धारणा सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै भनेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया