गगनको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता छ : कांग्रेस नेता बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल तरूण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेतले गगन थापाको खुट्टामा वीपीको नभइ भद्रकालीको जुत्ता रहेको बताएका छन् ।
बुधबार देउवा समूहले काठमाडौंमा आयोजना गरेको वीपी स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै नेता बस्नेतले गगनले भद्रकालीको जुत्ता लगाएको बताएका हुन् । नेता बस्नेतले मुलुकमा सैनिक शासनको अनुभूति हुन थालेको संकेत गर्दै सांकेतिक रुपमा सेना अर्थात् भद्रकालीको कुरा गरेका हुन् ।
‘भोलिका दिनमा इतिहासले प्रश्न उठाउने छ– कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता लिदाउन न्यायालय र निर्वाचन आयोगलाई जे जे गर्नुभयो,’ नेता बस्नेतले भने, ‘सर्वोच्चकी न्यायाधीश सपना मल्ललाई नि भन्न चाहन्छु– उहाँले भन्नु भएछ– बाघले अरूलाई पनि खान्छ । पहिला हामीलाई खाइसकेको थियो, आज बाघले न्यायालय खाइसकेको छ ।’
कांग्रेसको आधिकारिकता विवादमा गगन समूहलाई मान्यता दिइएकोमा नेता बस्नेतले असन्तुष्टि जनाएका छन् ।
नेता बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । कांग्रेसलाई विभाजन गराउन राष्ट्रपति पौडेलको पनि भूमिका रहेको उनले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया