देउवा पक्षीय नेताहरुद्वारा कांग्रेसको राष्ट्रिय भेला आह्वान, हाइज्याक भएको पार्टीबारे चिन्ता व्यक्त

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले राष्ट्रिय भेला घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा वीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन् । राष्ट्रिय भेला साउन २९ गते काठमाडौंमा हुने सिंहले बताए ।

नेता सिंहले भने, ‘हामीले सातै प्रदेशमा भेला गरिसकेका छौं । यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं ।’

सम्बोधनको क्रममा नेता सिंहले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।

देउवा समूहको कार्यक्रममा नेता डा.शेखर कोइरालाको पनि उपस्थिति रहेको थियो । नेताहरुले बृहत एकताका लागि दबाब सिर्जना गरेका छन् ।

Published : Wednesday, 2026 July 22, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया