गगनले भृकुटीमण्डपमा लास र दास भेला गरेर सभापति घोषणा गरेकै दिनदेखि कांग्रेसको कालो दिन शुरु : नेता पाण्डे
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य रोशन पाण्डेले भृकुटीमण्डपमा गगन थापाले जुनदिन आफ्ना लास र दास भेला गरेर आफÞूलाई एकलौटी सभापति घोषणा गरे, त्यही दिनदेखि नेपाली कांग्रेसको कालो दिन शुरु भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत नेता पाण्डेले गगनकै कारण कांग्रेसको कालोदिन शुरु भएको बताएका हुन् । उनले गगन थापा कांग्रेसको सांसद र नेतृत्वमा निरन्तर १५ वर्षदेखि रहेको स्मरण गराएका छन् ।
नेता पाण्डेले भने, ‘अबको १० वर्षपछि फेरि अर्को पुस्ताले पनि प्रश्न उठाउन सक्छ । जुनदिन गगन थापाले भृकुटीमण्डपमा आफ्ना लास र दास भेला गरेर आफÞूलाई एकलौटी सभापति घोषणा गरे, त्यही दिनदेखि नेपाली कांग्रेसको कालो दिन शुरु भो ?’
उनले भने, ‘गगन दाइ ! एकपटक छातीमा हात राखेर आत्ममूल्यांकन गर्नुस् । तपाईंले भन्नुभयो, ‘पछिल्लो १० वर्ष कांग्रेसका लागि कालो दिन थिए ।’ तर, यही १० वर्षभित्र तपाईं नेपाली कांग्रेसको सबैभन्दा चर्चित नेतामध्ये एक बन्नुभयो ।’
‘देशभर मात्र होइन, अन्तर्राष्ट्रिय मञ्चसम्म तपाईंलाई चिन्ने आधार के हो ? कांग्रेसकै राजनीति होइन र ?,’ गगनलाई प्रश्न गर्दै नेता पाण्डले भनेका छन् ।
‘लगभग १५ वर्षदेखि सांसद हुनुहुन्छ । यही १० वर्षमा राष्ट्रको मन्त्री पनि बन्नुभयो,’ पाण्डेले भने, ‘पार्टीको महामन्त्री पनि । यी सबै अवसर कसले दियो ? यही कांग्रेसले ।’
उनले भने, ‘यदि पछिल्लो १० वर्ष कांग्रेसका लागि साँच्चै कालो दिन थिए भने त्यस कालो दिनको नेतृत्व संरचनामा तपाईं स्वयं पनि हुनुहुन्थ्यो । त्यसको जिम्मेवारीबाट तपाईं कसरी अलग रहन सक्नुहुन्छ ? तपाई पनि कांग्रेसको त्यो कालो दिन ल्याउने मतियार होइन र ?’
‘नेतृत्वको आलोचना गर्नु स्वाभाविक हो । तर, आफ्नै यात्राले दिएको अवसर र योगदानलाई पूर्ण रूपमा नकारेर गरिएको टिप्पणीले परिपक्व राजनीतिक सन्देश दिँदैन,’ नेता पाण्डले गगनलाई सचेत गराएका छन् ।
नेता पाण्डले भने, ‘कांग्रेसका लागि कालो दिन थियो कि थिएन भन्ने बहस हुन सक्छ । तर, ती १० वर्ष तपाईंको राजनीतिक उचाइँका लागि भने सुनौलो दिन थिए भन्ने तथ्यलाई कसैले नकार्न सक्दैन ।’
‘त्यसैले गगन दाइ, स्टेटमेन्टभन्दा पहिले आत्ममूल्यांकन गरौँ । आलोचना गरौँ । तर, इतिहासलाई बिर्सेर होइन,’ नेता पाण्डेले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया