नेपाली राजनीतिमा शेरबहादुरको विज्ञप्तिले हलचल, दुईतिहाइको सरकारको प्रहार सामना गर्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वीपी स्मृति दिवसका अवसरमा दिएको प्रेस विज्ञप्तिले ठूलो महत्वसहित हलचल ल्याइदिएको छ ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनभन्दा झण्डै एक महिना अगाडि उपचारका लागि विदेश प्रस्थान गरेका देउवाले आफू स्वदेश फर्किन लागेको बताएका छन् । उनले आफूलाई राजनीतिक प्रतिशोध राखेर सरकारले दुःख दिन सक्ने पनि आशंका गरेका छन् ।
झण्डै दुईतिहाइको बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले देउवा परिवारमाथि कहिले पक्राउ पुर्जी जारी गर्ने, कहिले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउने, कहिले के फण्डा गर्ने, केही मिडिया ट्रायल गरेर आजित बनाउने कार्य भइरहेका बेला देउवाले आफू स्वदेश फर्किन लागेको बताएर हलचल ल्याइदिएका छन् ।
भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई गगन थापाले हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएपछि देउवाले मुख खोलेका थिएनन् । देउवाको प्रेस विज्ञप्तिको अर्थका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
देशको राष्ट्रियता कमजोर भएको भनेर विभिन्न आशंका उत्पन्न भइरहेका छन् । कांग्रेस पनि कमजोर अवस्थामा छ । कांग्रेसलाई पनि बलियो बनाउन र कांग्रेसको नेतृत्वमा फेरि राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि देउवाले दिएको अभिव्यक्तिलाई समाजले सकारात्मक रुपमा लिएको छ ।
बालेन सरकारले प्रतिपक्ष दलका नेताहरुमाथि प्रतिशोधात्मक गतिविधि भइरहेका छन् । संवैधानिक निकाय र लोकतान्त्रिक संस्थामाथि पनि प्रहार भइरहेको देउवाले बताएका छन् ।
देउवाले वीपी स्मृति दिवसका अवसरमा आफ्नो धारणा सार्वजनिक गरेर आफू राष्ट्रियता र लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने सन्देश दिएका छन् । देउवाले आफूले राष्ट्रियताका लागि राष्ट्रिय सहमतिका लागि पनि अपील गरेका छन् । देउवाले आफूलाई वर्तमान सरकारबाट आक्रमण हुने जानकारी पाउँदा पाउँदै स्वदेश फर्किने घोषणा गरेका छन् । राज्यको प्रतिशोधपूर्ण गतिविधिको देउवाले सामना गर्ने जवाफ दिएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया